काठमाडौँ- साफ महिला च्याम्पियनसिपअन्तर्गतको खेलमा भारतविरुद्ध नेपालले एक गोल गर्दै बराबरी गरेको छ। विवाद भएपछि रोकिएको नेपाल-भारतबीचको फुटबल खेल सुरु भएको केही मिनेटमै नेपालकी सावित्रा भण्डारी (साम्बा) ले गोल गर्न सफल भएकी हुन्। भारतले ७० मिनेटमा नेपालविरुद्ध गोल गर्दै अग्रता लिएको थियो।
सोही गोलको सेलिब्रेसन गरिरहँदा रेफ्रीले सिटी बजाएपछि नेपालकी प्रिती राईले खाली पोस्टमा गोल गरेकी थिइन्।
सुरुमा रेफ्रीले उक्त गोललाई मान्यता दिए पनि पछि गोल दिन अस्वीकार गरेकी थिइन्। भारतले समेत खेलाडीहरु सेलिब्रेसन गरिरहँदा खाली पोस्टमा गोल गरेको भन्दै विरोध गरेका थिए।
प्रकाशित: ११ कार्तिक २०८१ २१:२० | Sunday, October 27, 2024
प्रतिक्रिया





