प्रधानसेनापति र भारतीय एनसीसी भ्रमण दलबीच शिष्टाचार भेट

हिमाल प्रेस ११ कार्तिक २०८१ २०:५६
26
SHARES
प्रधानसेनापति र भारतीय एनसीसी भ्रमण दलबीच शिष्टाचार भेट

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय नेसनल क्याडेट कर्प्स (एनसीसी) को भ्रमण दलबीच आइतबार जंगीअड्डामा शिष्टाचार भेट भएको छ।

राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित युथ एक्सचेन्ज प्रोग्राम (वाईईपी) मा सहभागी हुन भारतीय सेनाका विङ कमाण्डर पीआर पोनप्पाको नेतृत्वमा १८ सदस्यीय भ्रमण दल कात्तिक ५ गते नेपाल आएको हो।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालमा तालिमरत क्याडेट छात्ररछात्राहरुले २०२६ सालबाट विभिन्न देशहरूमा सञ्चालित वाईपी मा सहभागिता जनाउँदै आइरहेका छन्। यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलंका, बंगलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुरलगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्रछात्राहरूले भ्रमण गरिसकेका छन्।

नेपाल भ्रमणमा रहेको भारतीय एनसीसी टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा नेपालको राष्ट्रिय सेवा दलका छात्रछात्राहरूको समेत सहभागिता छ।

राष्ट्रिय सेवा दलअन्तर्गत नेपालमा हालसम्म ७४ हजार ४८० जना छात्रछात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन्। यस वर्ष ७ हजार ७०४ छात्रछात्राहरु उक्त तालिम सहभागी भइरहेका छन्।

प्रकाशित: ११ कार्तिक २०८१ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast