बेलबारी गोल्डकपको उपाधि झापालाई

हिमाल प्रेस ११ कार्तिक २०८१ ९:४०
4
SHARES
बेलबारी गोल्डकपको उपाधि झापालाई

मोरङ- मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा-११ फुटबल क्लबले जितेको छ।

शनिबार बेलारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५-३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो।

उपाधिसँगै झापा-११ ले आठ लाख रुपैयाँ नगदसहित ट्रफी जितेको छ। यस्तै उपविजेता सलहेस फुटबल क्लब सिराहाले चार लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ।

झापा-११ का लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङ तथा सलहेशका लागि राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरेका थिए। सलहेशका समीर तामाङको प्रहार झापाका गोलरक्षक सन्दीप लिम्बूले गोल हुनबाट बचाएका थिए।

फाइनल खेलमा मध्यान्तरअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। मध्यान्तरपछिको खेलको ५०औँ मिनेटमा सलहेश फुटबल क्लबका अजयी मार्टिनले गोल गर्दै आफ्नो टोलीलाई १-० को अग्रता दिलाएका थिए।

यस्तै खेलको ७१औँं मिनेटमा झापाका प्रदीप बुढाथोकीले जवाफी गोल गर्दै खेल बराबरीमा पुर्‍याए। निर्धारित समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि जित हारको निर्णय टाइब्रेकरबाट गरिएको हो।

फाइनल खेलको म्यान अफ दी म्याच अभिषेक गुरुङ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए। तामाङले १० हजार रुपैयाँ नगदसहित ट्रफी र अन्य खेलाडीले जनही सात हजार रुपैयाँ नगद तथा ट्रफी प्राप्त गरे।

यस्तै सलहेश फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे। उनले खेल अवधिभर पाँच गोल गरेका थिए।

सलहेशका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै सात हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरे।
प्रतियोगिता यही कात्तिक २ गतेदेखि सुरु भएको थियो।

प्रकाशित: ११ कार्तिक २०८१ ९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast