पाकिस्तानमा आतंकवादी आक्रमण : सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

हिमाल प्रेस १० कार्तिक २०८१ १८:४५
12
SHARES
पाकिस्तानमा आतंकवादी आक्रमण : सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

काठमाडाैँ पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको आक्रमणमा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ।

आदिवासीहरूको बसोबास रहेको उत्तरी वजिरिस्तानमा भएको घटनामा आतंकवादीहरूले सेना र प्रहरीको संयुक्त जाँच चौकीमा आक्रमण गरेपछि भएको भिडन्तका क्रममा यो हताहत भएको हो।

मृत्यु हुनेमा चार प्रहरी, एक सैनिक जवान र दुई सर्वसाधारण रहेको अधिकारीहरूले जनाएका छन्। आक्रमणमा दुई प्रहरी र एक सैनिक घाइते भएका छन्।

घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।

प्रकाशित: १० कार्तिक २०८१ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =