सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछ : प्रधानमन्त्री

हिमाल प्रेस १० कार्तिक २०८१ १६:०३
12
SHARES
सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेका छन्।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उनले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट पारे।

उनले भने, ‘हामी केही गर्दैछौँ। जनतालाई भोकै मर्न दिँदैनौँ। गरिबीबाट तड्पिन दिँदैनौँ। जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो।’

प्रकाशित: १० कार्तिक २०८१ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =