‘मीनबहादुर कसको मान्छे हो भन्ने केपीजीले प्रस्ट पारिदिनुभएको छ’

हिमाल प्रेस १० कार्तिक २०८१ १५:४७
36
SHARES
‘मीनबहादुर कसको मान्छे हो भन्ने केपीजीले प्रस्ट पारिदिनुभएको छ’

काठमाडौँ- प्रचण्ड रहेसम्म शान्ति नपाउने डरले माओवादी फुटाउने षडयन्त्रमा सरकार लागेको बताए।

उनले अबको चुनाव बेइमान र भ्रष्ट पार्टीसँग मिलेर नभई एक्लै लड्ने उद्घोष गरे। विगतमा भएका गल्तीहरू सच्याएर एक्लै चुनाव लड्ने प्रचण्डको भनाइ थियो।

प्रचण्डले माओवादीका घटक दलहरूबीच एकता हुन लागेको बताउँदै उनले ६४ जस्तै परिणाम २०८४ मा पनि ल्याउने दाबी गरे।

‘म थाकेको छैन, हाम्रा नेताहरू थाक्नु भएको छैन, हाम्रा कार्यकर्ता थाकेका छैनन्,’ उनले भने,‘मैले जनताका छोराछोरीलाई बन्दुक बाँध्नु छैन अब, उत्पादनको ब्रिगेड बनाउने सपना मैले देखेको छु। अब युवाहरू उत्पादनको औजारसहित उत्पादनको सेना बनाउने अभियान अगाडि बढाउने छौँ।’

आफू ७० वर्षको पुगे पनि फेरि पनि क्रान्तिको नेतृत्व गर्ने आँट अहिले पनि रहेको उनले बताए।

प्रचण्डले जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नगरेसम्म मुलुकबाट भ्रष्टाचारको अन्त्य नहुने उल्लेख गरे।

भाटभटेनीका सञ्चालक प्रचण्डको हो भन्ने आरोप लगाएपछि आफू हैरान भएको बताउँदै उनले अहिले प्रधानमन्त्रीले प्रस्ट पारेको उल्लेख गरे।

‘ममाथि धेरै आरोप लगाउने गरिन्थ्यो, यो भाटभटेनी प्रचण्डको हो भनेर आरोप लगाए, मैले जत्ति भने पनि कसैले पत्याएनन्,’ प्रचण्डले भने,‘अहिले केपीजीले प्रस्ट पारिदिनुभएको छ, धन्यवाद। भाटभटेनीमा उहाँकै सेयर रहेछ भन्ने प्रमाणित भएको छ।’

सहकारी प्रकरणका सन्दर्भमा उनले सबै सहकारीपीडितले न्याय पाउनुपर्ने बताए। प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई बचाउन खबरदारीसभा नगरेको प्रस्ट पारे।

तात्कालीन समयमा सहकारीका विषयमा संसदीय छानबिन समिति बनाउन नहुने पक्षमा ओली रहेको प्रचण्डले बताए। उनले भने,‘यो खबरदारीसभा कसैलाई बचाउन गरेको होइन, रविलाई बचाउन पनि गरेको होइन। बरू रविलाई कारबाही गर्नु हुँदैन भन्ने अडान ओलीजीको थियो, संसदीय समिति बनाउन हुन्न भन्ने अडान उहाँकै थियो।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अपराधलाई पनि उत्सवको रूपमा मनाउने स्वभाव प्रधानमन्त्री केपी शर्मा ओलीको रहेको बताएका छन्।

शनिबार काठमाडौँमा माओवादी केन्द्रले आयोजना गरेको खबरदारीसभालाई सम्बोधन गर्दै उनले आफूले गरेको गल्ती समीक्षा गर्ने स्वभाव ओलीको नरहेको बताए।
‘विचित्रको स्वभाव छ प्रधानमन्त्रीको, अरूले नगर भने त्यो गरेरै छाड्नले, गल्तीको समीक्षा गर्ने स्वभाव छैन उहाँको,’ प्रचण्डले भने।

उनले सुशासन कायम गर्नतर्फ नभएर सरकारको ध्यान दल विभाजनतर्फ, उपसभामुख हटाउनतर्फ केन्द्रित भएको बताए। आफ्नै दुईतिहाई हुँदाहुँदै संविधान मिचेर संसद विघटन गर्नेले कांग्रेसको ब्युइँ चढेर दुईतिहाइको दम्भ गर्नुको कुनै औचित्य नभएको प्रचण्डले उल्लेख गरे।

अध्यक्ष प्रचण्डले सरकारले निहुँ खोजे संसदको विशेष अधिवेशनतर्फ अगाडि बढ्ने बताए।

प्रकाशित: १० कार्तिक २०८१ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =