सरकारले लक्ष्यअनुसारको काम गर्न सकेको छैन : कोइराला

हिमाल प्रेस १० कार्तिक २०८१ १४:५३
10
SHARES
सरकारले लक्ष्यअनुसारको काम गर्न सकेको छैन : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले सय दिनमा लक्ष्यअनुसारको काम गर्न नसकेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

दुई ठूला दल मिलेर सरकार बनाए पनि मुलुकको विकास र सुशानका लागि लक्ष्य अनुसारको काम हुन नसकेको उनको भनाइ छ।

कोइरालाले अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्तामात्रै रहेको बताए। सरकार ढल्ने कुरा गरेर भुलभुलैयामा पार्ने षडयन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि नबढाउने उल्लेख गरे।

उनले सरकारले दल विभाजनसम्बधी अध्यादेश ल्याउनु उचित नभएको समेत बताए। सरकारका केही क्रियाकलापले सरकार फरक ढंगले हिँड्न खोजेको जस्तो आभाष भएको कोइरालाले बताए।

प्रकाशित: १० कार्तिक २०८१ १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =