बंगालको चक्रवात प्रभावले कोशीमा निरन्तर वर्षा, अन्यमा सफा

हिमाल प्रेस १० कार्तिक २०८१ ६:३५
6
SHARES
बंगालको चक्रवात प्रभावले कोशीमा निरन्तर वर्षा, अन्यमा सफा प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशको एक/दुई स्थानहरूमा हल्का वर्षा भइहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक/दुई स्थानमा चट्यांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश लगायत देशको पहाडी भूभागका एक/दुई स्थानमा चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १० कार्तिक २०८१ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =