फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ८१ पुग्यो

हिमाल प्रेस ९ कार्तिक २०८१ २१:०६
8
SHARES
फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ८१ पुग्यो तस्बिर : एफपी
मनिला– फिलिपिन्समा यस साता आएको उष्णकटिबंधीय आँधी ट्रामीबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ। बाढी र पहिरोका कारण अन्य २० जना अझै बेपत्ता छन्।प्रहरीले मनिलाको दक्षिणी भागमा रहेको बाटाङ्गस प्रान्तमा ४७ र मनिलाको दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा २८ जनाको मृत्यु भएको बताएको छ।

फिलिपिन्स कोस्ट गार्डले शुक्रबार दिउँसो आफ्ना कर्मचारीहरूले नौ वर्षीय बालक र एक महिनाको शिशुलाई फेला पारेको बताएको छ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले दक्षिणपूर्वी एसियाली देशका कम्तीमा १५ क्षेत्रका २६ लाखभन्दा बढी मानिसलाई आँधीले असर गरेको बताएको छ।

प्रकाशित: ९ कार्तिक २०८१ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =