देशलाई संकटबाट जोगाउन सबै दल एक हुनुपर्छ : देव गुरुङ

हिमाल प्रेस ९ कार्तिक २०८१ १९:३१
18
SHARES
देशलाई संकटबाट जोगाउन सबै दल एक हुनुपर्छ : देव गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय एकता बलियो बनाई देशलाई संकटबाट जोगाउन सबै दल एकजुट हुनुपर्ने बताएका छन्।

आज (शुक्रबार) लमजुङ सुन्दरबजार नगरपालिका-१, कुन्छामा माओवादी केन्द्र जिल्ला समन्वय समितिद्वारा आयोजित जनयुद्धका सहिद एकबहादुर सुनारको २६ औँ स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए।

सत्तापक्ष र विपक्ष, एक दल र अर्को दल नभनी एकले अर्कोलाई दबाउने खेल भइरहेकाले यसलाई रोक्न सके मात्रै मुलुक समृद्ध बन्ने र बाहिरी शक्तिको चलखेल नहुने उनको भनाइ छ।

उनले आफ्नो पार्टीले परम्परागत भन्दा पनि विचार, नीति र लाइनको आधारमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

प्रकाशित: ९ कार्तिक २०८१ १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast