एनआरएनएको ‘ग्लोबल कन्क्लेभ–२०२४’ काठमाडौँमा

हिमाल प्रेस ९ कार्तिक २०८१ १७:३३
10
SHARES
एनआरएनएको ‘ग्लोबल कन्क्लेभ–२०२४’ काठमाडौँमा

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) को ‘ग्लोबल कन्क्लेभ–२०२४’ काठमाडौँमा हुने भएको छ।

आगामी आइतबार र सोमबार एनआरएनएको ‘ग्लोबल कन्क्लेभ–२०२४’ र वार्षिक साधारणसभा काठमाडौँमा हुन लागेको हो।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर एनआरएनएका अध्यक्ष डा.बद्री केसीले कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिए।

कार्यक्रममा नेपाल सरकारका मन्त्री, उच्चपदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशबाट उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहने उनले बताए।

अध्यक्ष केसीका अनुुसार दुई दिनसम्म चल्ने कार्यक्रममा नेपाल तथा विदेशगरी पाँच सयभन्दा बढीको सहभागिता रहने छ।

कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने एनआरएनएले जनाएको छ।

त्यस्तै कार्यक्रमको दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित सम्मानजनक वैदेशिक रोजागरीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवद्र्धन ः नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायतका विषयमा छलफल हुनेछ।

अध्यक्ष केसीले कार्यक्रममा एनआरएनएको १० अर्बको डेभलपमेन्ट कोष सञ्चालनका विषयमा भइरहेको तयारीका विषयमा समेत छलफल हुने जानकारी दिए।

कार्यक्रमको अन्तिम दिन नियमित वार्षिक साधारणसभा समेत आयोजना गरिने एनआरएनएले जनाएको छ। साधारणसभामा संघका ६० भन्दा बढी देशका प्रतिनिधिले प्रत्यक्ष र भर्चुअल माध्यमबाट सहभागिता जनाउने अध्यक्ष केसीले बताए।

साधारणसभामा आर्थिक प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने तयारी एनआरएनएको छ।

अध्यक्ष केसीले साधारणसभालाई एनआरएनको एकताको कार्यक्रम भनेका छन्। निर्वाचनको परिणामबाट असन्तुष्ट बनेका पक्षलाई कार्यक्रममा सहभागिता जनाई एकताको सन्देश दिन उनले आग्रह गरेका हुन्।

‘विगतमा असन्तुष्ट समूहलाई एउटै फोरममा उपस्थिति जनाई असहमति, असमझदारीलाई छलफलमार्फत समस्या समाधानका लागि आह्वान गर्दछु,’ उनले भने।
अध्यक्ष केसीले साधारणसभालाई एकताको सभा बनाइने दाबी गरे।

प्रकाशित: ९ कार्तिक २०८१ १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =