काठमाडौँ- आज कात्तिकको दोस्रो शनिबार। देशैभर चाडपर्वको माहोल छ। सयपत्री र मखमली फूलको उत्सवस्वरुप उपत्यकामा चलिरहेको मेलाले तिहारको चहलपहल सुरु हुन थालेको छ। मनोरञ्जन क्षेत्रमा पनि दसैँ बिदामा चलेका र नयाँ प्रदर्शनमा आएका हिन्दी, नेपाली र अंग्रेजी फिल्मले हल भरिभराउ छ। यसले फिल्म हेर्ने दर्शकको संख्या पनि ह्वात्तै बढाएको छ। यो साता केही साहित्यिक कार्यक्रमको पनि आयोजना गरिएको छ।
फुर्सदमा हुनुहुन्छ भने हेरौं कहाँ के हुँदैछ?
साहित्यकार छन्द विज्ञान निरौलाको पुस्तक विमोचन
आज साहित्यकार छन्द विज्ञान निरौलाको ‘सगरमाथाको काखबाट इतिहास नियाल्दा’ विमोचन हुँदैछ। विमोचन कार्यक्रम भक्तपुरस्थित याचु पार्टी भेन्यु नयँ ठिमीमा बिहान ११ बजे सुरु हुनेछ।
भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो २०८१
भृकुटीमण्डपमा कात्तिक ९ देखि तिहार विशेष तिहार फ्लोरा एक्स्पो २०८१ प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीमा मखमली, सयपत्री, गोदावरी फूलसहित विभिन्न प्रजातिका बोटबिरुवाहरु बिक्रीमा राखिएको छ।
बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला रहने प्रदर्शनीमा सर्वसाधारण व्यक्तिको लागि प्रवेश शुल्क १ सय र विद्यार्थी तथा जेष्ठ नागरिकलाई ५० रुपैँया तोकिएको छ। नर्सरी व्यवसायी संघ नेपालको आयोजना गरेको याे हो। प्रदर्शनी १३ गतेसम्म चल्नेछ।
जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी
ललितपुरस्थित जावलाखेलको खेल मैदानमा कात्तिक ८ देखि १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी– २०८१ चलिरहेको छ। गोदावरी फूलको विभिन्न प्रजातिलाई प्रदर्शनीमा राखिएको छ। फ्लोलिकल्चर एसोसियसन नेपालले आयोजना गरेको प्रदर्शनी भोलिसम्म चल्नेछ।
हलमा कुनकुन फिल्म?
सानो संसार
कात्तिक ९ देखि हलमा फिल्म ‘सानो संसार’ पुन प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक सिद्धार्थ पुडासैनी हुन्। फिल्ममा सीतादेवी तिमल्सिना, राज पंगेनी, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय छ।
फिल्म मध्यमकर्गीय परिवारको संघर्षको कथामा बनेको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको ५ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाजमा फिल्म सानो संसार चलिरहेको छ।
१२ गाउँ
दसैँको फुलपाती अर्थात् असोज २४ देखि प्रदर्शन भइरहेको फिल्म ‘१२ गाउँ’तेस्रो े सातामा चलिरहेको छ। हालसम्म फिल्मले देशैभरबाट २२ करोड भन्दा बढिी कमाएको निर्माण टिमको दाबी छ। उपत्यकालगायत मोफेसलका हलमा उच्च सोसहित फिल्मले राम्रो व्यापार गरिरहेको छ। अन्य फिल्मकाे तुलनामा याे फिल्मकाे उच्च साे पाएकाे छ।
१२ गाउँको कथामा आधारित फिल्मको मुख्य भूमिकामा समीर भट्ट छन्। यो उनको डेब्यु फिल्म हो। अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्ममा उनीसहित न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, सन्तोष सरकार, स्टन्ट शिल्भालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल, भाटभटेनी भक्तपुरमा फिल्मको २८ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज, विश्वज्योति हल, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘१२ गाउँ’ चलिरहेको छ।
छक्का पञ्जा ५
फुलपातीदेखि नै प्रदर्शन भइरहेको अर्को फिल्म हो ‘छक्कापञ्जा ५’। यो फिल्मले पनि हालसम्म १७ करोड भन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।
सामाजिक कथामा आधारित कमेडी जनरामा बनेको फिल्मले दर्शकको मन जित्न सफल भएको छ। फिल्मका निर्देशक दीपाश्री निरौला हुन्। फिल्ममा दीपकराज गिरी र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, सिटी स्वायर मल, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको १८ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘छक्कापञ्जा ५’ चलिरहेको अन्य हल हुन्।
ज्वाइँ साब
गत असोज २४ देखि हलमा ‘ज्वाइँ साब’ प्रदर्शनरत छ। दसैँको अवसरमा रिलिज भएको फिल्म न्यून सो संख्यामा तेस्रो सातामा चलिरहेको छ। सामाजिक कथामा आधारित फिल्मका निर्देशक वसन्त निरौला हुन्। फिल्मको मुख्य भूमिकामा जितु नेपाल र नीति शाह छन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टर र सिटी स्क्वायर मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स र सिके सिनेमाजमा फिल्मको सो छ।
भेनमः द लास्ट डान्स
हलिउड फिल्म ‘भेनमः द लास्ट डान्स’ कात्त्कि ८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन थ्रिलर र एडभेञ्चर जनरामा बनेको फिल्मका निर्देशक केली मार्सेल हुन्। फिल्ममा टम हार्डी, जुनो टेम्पल, चिवेटेल इजियोफोरलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल र छाया सेन्टरमा फिल्मको ३४ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हल, सिके सिनेमाज फिल्म ‘भेनमः द लास्ट डान्स’ चलिरहेको अन्य हल हुन्।
कलिंगा
हरर र ड्रामा जनरामा बनेको हलिउड फिल्म ‘कलिंगा’ कात्तिक ८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिलमका निर्देशक ध्रुव भायु हुन्। फिल्ममा ध्रुव वायु, प्रज्ञा नयन र आदुकलम नरेनको मुख्य भूमिका छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टर लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ८ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, सिके सिनेमाजमा फिल्म ‘कलिंगा’ चलिरहेको छ।
जिग्रा
बलिउड फिल्म ‘जिग्रा’ पनि असोज २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा आलिया भट्ट र वेदांग रैना छन्। फिल्मका निर्देशक वासन बाला हुन्। एक्सन जनरामा बनेको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, छाया सेन्टर र मा सिटी सिनेमाजमा फिल्म ‘जिग्रा’ को सो छ।
स्माइल २
हलिउड फिल्म ‘स्माइल २’ कात्तिक २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक पार्कर फिन हुन्। फिल्ममा काइल ग्यालर, नायोमी स्कट र रे निकोल्सन मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मलमा फिल्मको एक सो छ।