रविलाई म्याद थपका लागि अदालत लगिँदै

हिमाल प्रेस ८ कार्तिक २०८१ ९:४०
8
SHARES
रविलाई म्याद थपका लागि अदालत लगिँदै रवि लामिछाने जिल्ला अदालत कास्कीअगाडि । फाइल तस्बिर

काठमाडौँ- पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ। कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय पूरा भएकोले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो।

आज उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने कास्कीका एसपी श्यामबावु ओलियोले बताए। लामिछाने कात्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए। सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित: ८ कार्तिक २०८१ ९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =