रुपन्देही : जुवातास खेल्दै गरेका पाँच जना पक्राउ

हिमाल प्रेस ७ कार्तिक २०८१ २०:५८
28
SHARES
रुपन्देही : जुवातास खेल्दै गरेका पाँच जना पक्राउ

लुम्बिनी- रुपन्देही प्रहरीले जुवातास खेलिरहेका पाँच जनालाई ८९ हजार रूपैयाँ सहित पक्राउ गरेको छ। बुधबार साँझ साढे ७ मायादेवी गाउँपालिका वडा नं. ८ स्थितमा रहेको महाशारदा प्लाष्टिक एण्ड स्केप सप्लायर्स भित्रबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जुवाखालबाटै उनीहरूलाई पक्राउ गरी कारबाही अघि बढाएको प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले बताइन्।

उनका अनुसार पक्राउ पर्नेमा भारत महाराजगंज घर भई हाल जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ३९ को मनोहर प्रसाद, सोही ठाउँका बर्ष ४४ को अजय जयसवाल, भारत मतिहारी घर भई हाल जिल्ला सल्यान श्रीनगर बस्ने बर्ष ३० को जग्गु कुमार, रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ३८ को रुपेश गुप्ता र सिद्धार्थनगर नगरपालिका वडा नं. १ बस्ने बर्ष ४० को मनोज जयसवाल छन्।

प्रहरीले एक गड्डी तास सहित नगद ८९ हजार रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेकाहरूलाई ५ दिनको म्याद थप गरी जुवा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०८१ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =