सरकार ढल्ने दिवा सपना नदेख्न प्रधानमन्त्रीको आग्रह

हिमाल प्रेस ७ कार्तिक २०८१ १५:४५
14
SHARES
सरकार ढल्ने दिवा सपना नदेख्न प्रधानमन्त्रीको आग्रह सरकार गठन भएको सय दिन पुगेको अवसरमा बुधबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न आग्रह गरेका छन्।

सरकारको सय दिनको उलपब्धिबारे बुधबार सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको बताए।

‘हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ। अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ। कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ- बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन्’, प्रधानमन्त्री ओलीले भने।

त्यसरी सुनाइएका कुराहरूलाई आफूले खण्डन गर्ने गरेको ओलीले बताए। उनले भने, ‘कर्मचारीले नै काम गर्ने हो। ब्युरोक्रेसीको नेतृत्व गरेका मुख्य सचिव र सचिव यहीँ हुनुहुन्छ। उहाँहरु पनि मेरो भनाइसँग पक्कै सहमत हुनुहुन्छ- राजनीतिक नेतृत्वले नीति र प्राथमिकता अघि सार्छ, कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्छ।’

प्रकाशित: ७ कार्तिक २०८१ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 6 =