अञ्जना तामाङको अभिनयमा ‘फूल टिपी’ सार्वजनिक

हिमाल प्रेस ६ कार्तिक २०८१ १६:००
6
SHARES
अञ्जना तामाङको अभिनयमा ‘फूल टिपी’ सार्वजनिक

काठमाडौँ- अञ्जना तामाङको अभिनयमा म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ। सोसल मिडिया टिकटक र रिल्समा अञ्जनाले बनाएको भिडियोबाट चर्चित छिन्। उनी मोडलिङसँगै तरकारी व्यवसाय गर्छिन्।

गीतको भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई प्रस्तुत गरिएको छ। गायिका रिज्योना कार्कीको स्वर रहेको गीतमा शङ्कर अधिकारी घायलको शब्द लेखन छ।

लक्ष्मण पोखरेलले संगीत भरेको गीतमा अशोक थापाको संगीत संयोजन छ। कविराज गहतराजको निर्देशन र कोरियोग्राफीमा बनेको गीतको भिडियाको छायांकन दुर्गा पौडेलले गरेका छन् भने मनोज कार्कीको भिडियो सम्पादन तथा रंग संयोजन छ। गीत हाइटेक इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रकाशित: ६ कार्तिक २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =