चक्र बमले सार्वजनिक गरे ‘देउडा देउसी भैलो’

हिमाल प्रेस ६ कार्तिक २०८१ १२:२९
16
SHARES
चक्र बमले सार्वजनिक गरे ‘देउडा देउसी भैलो’

काठमाडौँ- चर्चित गायक चक्र बमले ‘देउडा देउसी भैलो’ बोलको तिहार गीत सार्वजनिक गरेका छन्। गीतमा गायक चक्रलाई अनिता चलाउने र लाल बहादुर धामीले स्वरमा साथ दिएका छन्।

गीतमार्फत गायक बमले तिहारमा खेलिने देउसी भैलो र सुदूरपश्चिमको भाषा र देउडा संस्कृतिलाई जोड्ने प्रयास गरेका छन्। गायक चक्रकै शब्द, संगीत र कलेक्सनमा बनेको गीतमा श्यामश्वेत रसाइलीकाे मिक्सिङ तथा मास्टरिङ  छ।

नवराज उप्रेती एन्ड टिमले छायांकन गरेको गीतको भिडियोमा गायक चक्रसहित श्रेया बढु, अनिता चलाउने र लालबहादुर धामीको अभिनय छ। विक्रम चौहानको निर्देशन र कोरियोग्राफीमा बनेको गीतको भिडियो मनोज कार्कीले सम्पादन गरेका छन्। गीत चक्र बमकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे।

यस्तो छ गीत

प्रकाशित: ६ कार्तिक २०८१ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =