कति छ आज तरकारीको भाउ?

हिमाल प्रेस ६ कार्तिक २०८१ ८:०६
10
SHARES
कति छ आज तरकारीको भाउ?

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा सबैभन्दा सस्तो तरकारी इस्कुस छ भने सबेभन्दा महँगो तरकारी कुरिलो छ। इस्कुस २५ रुपैयाँ किलोमा किनबेच भइरहँदा कुरिलोको मूल्य नौसय रहेको समितिले जनाएको छ।

कालिमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीमै मूल्यमा किनबेच भइरहेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा १४५, सानो लोकल गोलभेँडा ११५, रातो आलु ८३, भारतीय रातो आलु ५६, सुकेको भारतीय प्याज ९९, लोकल गाँजर ११०, लोकल बन्दा ४५, स्थानीय काउली ११५, रातो मुला ३५, सेतो मुला ४०, भन्टा ७५, तने बोडी १३५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी मकै बोडी ७५, करेला ६५, लौका ३५, परबल ७५, चिचिन्डो ३७, घिरौँला ७५, पाकेको फर्सी ५१, लाम्चो हरियो फर्सी ९५, भिन्डी ७५, स्कुस २५, रायो र पालुंगोको साग ८५, चम्सुरको साग २२६, कन्य च्याउ ११६, डल्ले च्याउ २६६, कुरिलो ९००, ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा १४०, नेपाली लोकल गोलभेँडा १०५, रातो आलु ८२, सुकेको भारतीय प्याज ९९, लोकल गाँजर ११०, तराईको बन्दा ३५, स्थानीय काउली ११५, सेतो मुला ३५, भन्टा ६५, तने बोडी १४५, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी करेला ५१, लौका ४५, परबल ६५, चिचिन्डो ४५, घिरौँला ५५, पाकेको फर्सी ५५, हरियो फर्सी ९५, भिन्डी ७५, स्कुस २७, रायो र पालुंगोको साग ९०, चम्सुरको साग २२६, कन्य च्याउ ११०, डल्ले च्इाउ २७६, ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ६ कार्तिक २०८१ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =