गौशाला धर्मशाला विवाद : पर्यटन मन्त्रालयले बनायो अध्ययन समिति

हिमाल प्रेस ५ कार्तिक २०८१ १९:५९
12
SHARES
गौशाला धर्मशाला विवाद : पर्यटन मन्त्रालयले बनायो अध्ययन समिति

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।

धर्मशाला विवादको विषयमा यथार्थता अध्ययन गर्न मन्त्रालयले सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय अध्ययन समिति गठन गरेको हो।

समितिका सदस्यहरूमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र मन्त्राललयका संस्कृति शाखाका उपसचिव रहेका छन्।

समितिलाई धर्मशाला विवादबारे अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिएका छन्।

समितिलाई गौशाला÷धर्मशालाको स्थापनादेखिको अवस्थाको अध्ययन, धर्मशालाको आयव्ययको विवरण, लेखा परीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्थाको अध्ययन, अदालतबाट विभिन्न समयमा भएका आदेश तथा फैसलाको कार्यान्वयन अवस्था, मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोष परिषदको निर्णय तथा निर्देशनल कार्यान्वयनलगायतका अवस्थाको अध्ययन गर्न कार्यदेश दिइएको छ।

प्रकाशित: ५ कार्तिक २०८१ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =