साफ महिला च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको ११ गोल, पौडेलको ५ र राईको ह्याट्रिक

हिमाल प्रेस ५ कार्तिक २०८१ १९:३६
52
SHARES
साफ महिला च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको ११ गोल, पौडेलको ५ र राईको ह्याट्रिक

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आज (सोमबार) भएको खेलमा नेपालले माल्दिभ्सविरुद्ध ११ गोलको जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल र प्रिती राईले ह्याट्रिक गरे।

पौडेलले ५, प्रिति राईले ३, अनिता केसी, सविता रानामगर र अमिषा कार्कीले १/१ गोल गरे। पौडेलले ३१, ४१, ४७, ६३ र ७८ औँ मिनेट र प्रिति राईले ५, ६५ र ८७ औँ मिनेटमा गोल गरेका थिए। प्लेयर अफ दी म्याच रेखा पौडेल भएकी छन्।

यो माल्दिभ्सविरुद्धको अहिलेसम्मकै फराकिलो जित हो। यसअघि पनि माल्दिभ्सलाई सन् २०१६ मा ९-० ले हराएको थियो। सन् २०१० मा नेपालले अफगानिस्तानविरुद्ध सर्वाधिक १३-० ले जित निकालेको थियो। त्यस्तै पाकिस्तानविरुद्ध नेपालले १२-० गोलले जित निकालेको थियो। यसरी हेर्दा आज माल्दिभ्सविरुद्धको जित नेपालका लागि हालसम्मकै तेस्रो फराकिलो गोलअन्तरको जित हो।

यससँगै ‘बी’ समूहमा रहेको नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। नेपाल र भुटानमा समान ४ अंक छ । यद्यपि गोलअन्तरले नेपाल अगाडि छ। श्रीलंकाको ३ अंक छ।

प्रकाशित: ५ कार्तिक २०८१ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =