घरेलु मैदानमा अमेरिकाविरुद्ध नेपालको ‘क्लीनस्वीप’

हिमाल प्रेस ५ कार्तिक २०८१ ९:१२
10
SHARES
घरेलु मैदानमा अमेरिकाविरुद्ध नेपालको ‘क्लीनस्वीप’

काठमाडौँ- घरेलु मैदानमा नेपालले अमेरिकालाई ‘क्लीनस्वीप’ गरेको छ। ३ खेलको टी-२० आई क्रिकेट शृंखलामा नेपालले तीन खेलमै जित निकाल्दै ‘क्लीनस्वीप’ गरेको हो।

आज भएको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटको सानदार जितेको छ। अमेरिकाको डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे। अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक-एक विकेट लिए ।

यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए । नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराउँदा दोस्रो खेल सुपरओभरमा जितेको हो। यससँगै नेपालले एक खेल अगाव नै सिरिज जितेको थियो।

प्रकाशित: ५ कार्तिक २०८१ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =