एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उषाकिरणको यस्तो फेसबुक स्टाटस

हिमाल प्रेस ४ कार्तिक २०८१ २१:२२
158
SHARES
एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उषाकिरणको यस्तो फेसबुक स्टाटस

काठमाडौँ- नेकपा एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन्। उनले फेसबुकमा गौतम बुद्धको वाणी लेख्दै ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्दछ’ भनेर लेखेकी हुन्। स्टाटससँगै उनले आफू र नेतृ बिन्दा पाण्डेको तस्बिर पनि राेखकी छन्।

आइतबार बसेको सचिवालय बैठकले उनीसहित तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। एमालेले तिम्सेनासँगै नेता भीम रावल र बिन्दा पाण्डेलाई पनि स्पष्टीकरण सोधेको छ।

कीर्तिपुरमा निर्माण भइरहेको पार्टी कार्यालयका लागि एक व्यवसायीले जग्गा दान गरेको विषयमा आलोचना गरेपछि उनीहरूलाई स्पष्टीकरण सोध्ने एमालेले निर्णय गरेको हो। व्यवसायी मीनबहादुर गुरूङसँग दान लिएर पार्टी केन्द्रीय कार्यालय भवन बनाउन लागेपछि एमालेभित्रै पनि आलोचना भइरहेको छ।

प्रकाशित: ४ कार्तिक २०८१ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast