इजरायली आक्रमणमा परी गजामा कम्तीमा ८७ जनाको मृत्यु

हिमाल प्रेस ४ कार्तिक २०८१ १८:३४
6
SHARES
इजरायली आक्रमणमा परी गजामा कम्तीमा ८७ जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- इजरायलले गरेको पछिल्लो आक्रमणमा परी गजामा कम्तीमा ८७ जनाको मृत्यु भएको छ।

गजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले उत्तरी गजाको बेत लाहियामा इजरायलले गरेको आक्रमणमा ८७ जनाको मृत्यु र ४० बढी घाइते भएको जनाएको हो।

एम्बुलेन्स पुग्न सक्ने अवस्था नभएकाले कैयौँ मानिस अझै भग्नावशेष र सडकमा रहेको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गएराति हमासका अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा ७३ जनाको मृत्यु भएको बताएको थियो। इजरायलले भने हमासका अधिकारीहरूले मृतकको संख्याबारे गलत तथ्यांक प्रस्तुत गरिरहेको भन्दै छानबिन गरिरहेको उल्लेख जनाएको थियो।

मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टौर वेन्सल्यान्डले गजामा कुनै पनि स्थान सुरक्षित नरहेको बताएका छन्। उनले युद्ध अन्त्य गर्न आग्रहसमेत गरेका छन्।

हमासको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार गत वर्ष ७ अक्टुबरदेखि हालसम्म गजामा इजरायली आक्रमणमा परी ४२ हजार ६०३ जनाको मृत्यु भएको छ भने ९९ हजार ७९५ जना घाइते भएका छन्।

प्रकाशित: ४ कार्तिक २०८१ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =