कात्तिक २६ र २७ मा राप्रपा नेपालको ‘तराई मधेश राष्ट्रिय सम्मेलन’

हिमाल प्रेस ४ कार्तिक २०८१ १८:३२
8
SHARES
कात्तिक २६ र २७ मा राप्रपा नेपालको ‘तराई मधेश राष्ट्रिय सम्मेलन’

काठमाडौँ- राप्रपा नेपालले कात्तिक २६ र २७ गते वीरगञ्जमा ‘तराई मधेश राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ। आज (आइतबार) अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

राप्रपा नेपालका अनुसार सम्मेलनमा तराई मधेशका २१ जिल्लाका केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्षहरू तथा पार्टी आबद्ध बुद्धिजीवीहरू सहभागी हुनेछन्।

सम्मेलनमा तराई मधेशको आर्थिक सामाजिक विकासको विशेष कार्ययोजनाका बारेमा छलफल हुनेछ। सम्मेलन आयोजनासम्बन्धी संयोजनको जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीलाई दिइएको छ।

यस्तै आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको सहभागिता र चुनावी अभियान परिचालनको निम्ति उपाध्यक्ष तारानाथ लुईटेलको संयोजकत्वमा एक समिति गठन गरेको छ।

बैठकले मंसिररपुसमा ‘काठमाडौँ उपत्यकाव्यापी जनजागरण अभियान’ सञ्चालन गरिनेछ। पार्टीका महामन्त्री ईन्द्र चित्रकारको संयोजकत्वमा अभियान सञ्चालन समिति गठन गरिएको छ।

यस्तै समान विचारधारा भएका राष्ट्रवादी शक्तिहरूका बीच एकता र सहकार्यका लागि बैठकले आह्वान पनि गरेको छ।

प्रकाशित: ४ कार्तिक २०८१ १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =