अर्थ मन्त्रालय औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुन्छ : पौडेल

हिमाल प्रेस ४ कार्तिक २०८१ १५:४१
10
SHARES
अर्थ मन्त्रालय औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुन्छ : पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय आगामी दिनमा व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने बताएका छन्।

अर्थ मन्त्रालयमा आइतबार बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उनले मन्त्रालयले थप पुँजी परिचालन गरी लगानी वृद्धि गर्नका लागि व्यावसायिक र औद्योगिक वातावरण बनाउँदै जाने बताए।

अर्थमन्त्री पौडेलले राजस्व संकलन र पुँजीगत खर्चका लागि अझ बढी सार्मथ्य लगाउन सरोकार भएका सबैलाई निर्देशन दिए।

राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा सकारात्मक प्रभाव पर्ने बताए।

बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनर्निर्माण गर्न स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए।

प्रकाशित: ४ कार्तिक २०८१ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =