इजरायली सेनाद्वारा दक्षिण बेरुतका बासिन्दालाई गाउँ छोड्न निर्देशन

हिमाल प्रेस ३ कार्तिक २०८१ २१:०४
16
SHARES
इजरायली सेनाद्वारा दक्षिण बेरुतका बासिन्दालाई गाउँ छोड्न निर्देशन फाइल तस्बिर

काठमाडाैँ – इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई दक्षिणी बेरुतका केही भाग छाड्न आह्वान गरेको छ।

दक्षिणी उपनगर दाहियाह र विशेष गरी हेरेट हरेइक र वरपरका बासिन्दाहरूलाई तत्काल उक्त क्षेत्र छोड्न निर्देशन दिँदै इजरायली सैन्य प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘तपाईं हिजबुल्लाहसँग सम्बन्धित क्षेत्र र यसको वरपर रहनुभएको छ। इजरायली सेना (आईडीएफ) ले निकट भविष्यमा त्यस क्षेत्रमा कारबाही गर्न लागेको छ।’

यसैबीच लेबनानको पूर्वी बेका उपत्यका क्षेत्रको एक सहरमा इजरायली आक्रमणमा परी शनिबार एक मेयरसहित चार जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार बालौल शहरको एक आवासीय भवनमा भएको आक्रमणमा परी चार जनाको मृत्यु भएको र उक्त आक्रमणमा नजिकैको सोहमोर शहरका मेयर हैदर शाहला पनि रहेको जनाइएको छ।

यसैबीच, उद्धारकर्ताहरूलाई उद्धृत गर्दै गाजाबाट प्राप्त समाचारमा गाजाको उत्तरी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी विगत दुई हप्तामा ४०० भन्दा बढीको मृत्यु भएको जनाइएको छ।

प्रकाशित: ३ कार्तिक २०८१ २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fifteen =