ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस ३ कार्तिक २०८१ १९:४०
12
SHARES
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

कालीकोट– कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए।

ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ। चालकको घटनास्थलमै मृत्यु भए पनि सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०८१ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =