कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

हिमाल प्रेस ३ कार्तिक २०८१ १४:४४
64
SHARES
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको बा.प्र.०७–००१ ज ००२० नं को बोलेरो पिकअप जिप अनियन्त्रित जीप दुर्घटना भएकाे हाे।

पहाडी क्षेत्रमा दुर्घटना भएका कारण उद्धारको कार्य भर्खर सकेर घाइतहरुलाई नवलपुर अस्पताल कावासोती र मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि लगिएको सूचना अधिकारी शाहले बताए।

क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन।

प्रकाशित: ३ कार्तिक २०८१ १४:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 11 =