रविलाई पक्राउ गर्न प्रहरी पुग्यो घन्टी घर

हिमाल प्रेस २ कार्तिक २०८१ १८:०४ | Friday, October 18, 2024
रविलाई पक्राउ गर्न प्रहरी पुग्यो घन्टी घर रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको टोली पार्टी कार्यालय बनस्थली पुगेको छ। रास्वपाका एक नेताका अनुसार अहिले प्रहरी र लामिछानेबीच प्रक्रियागत कामहरू मिलाइँदै छ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले कास्की प्रहरीलाई अनुमति दिएको हो।

पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरी पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गर्न बनस्थलीस्थित रास्वपाको कार्यालय घन्टी घर पुगेको हो।

सहकारी रकम अपचलन गरेको आरोपमा पूर्वडिआईजी छवि जोशी पक्राउ परिसकेका छन् भने गार्खा मिडियाका सञ्चालक जीबी राई फरार छन्।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले सहकारी रकम अपचलनसम्बन्धमा लामिछानेलाई दोषी ठहर गर्दै कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो।

यही प्रकरणमा पूर्वडिआईजी जोशी ६ असोजमा पक्राउ परे पनि रास्वपा सभापति लामिछालाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन।

यता लामिछाने पक्राउ पर्नसक्ने भन्दै रास्वपाका कार्यकर्ताहरू काठमाडाैँकाे बनस्थलीस्थित पार्टी कार्यालयमा जम्मा भएका छन्। सभापति लामिछाने पक्राउ पर्ने संकेत पाएसँगै रास्वपाले पार्टी कार्यालमा कार्यकर्ताहरूलाई जम्मा हुन सर्कुलर जारी गरेकाे थियाे। अहिले रास्वपाको कार्यालयमा कार्यकर्ताको भीड लागेको छ।

प्रकाशित: २ कार्तिक २०८१ १८:०४ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast