रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

हिमाल प्रेस २ कार्तिक २०८१ १७:२४
6
SHARES
रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो।

सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

सहकारी रकम अपचलन गरेको आरोपमा पूर्वडिआईजी छवि जोशी पक्राउ परिसकेका छन् भने गार्खा मिडियाका सञ्चालक जीबी राई फरार छन्।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले सहकारी रकम अपचलनसम्बन्धमा लामिछानेलाई दोषी ठहर गर्दै कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो।

यही प्रकरणमा पूर्वडिआईजी जोशी ६ असोजमा पक्राउ परे पनि रास्वपा सभापति लामिछालाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन।

यता लामिछाने पक्राउ पर्नसक्ने भन्दै रास्वपाका कार्यकर्ताहरू काठमाडाैँकाे बनस्थलीस्थित पार्टी कार्यालयमा जम्मा भएका छन्। सभापति लामिछाने पक्राउ पर्ने संकेत पाएसँगै रास्वपाले पार्टी कार्यालमा कार्यकर्ताहरूलाई जम्मा हुन सर्कुलर जारी गरेकाे थियाे।

 

 

प्रकाशित: २ कार्तिक २०८१ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =