सहरमा आज : हलमा तीन नेपालीसहित एक हिन्दी र अंग्रेजी फिल्म

हिमाल प्रेस ३ कार्तिक २०८१ ६:२०
4
SHARES
सहरमा आज : हलमा तीन नेपालीसहित एक हिन्दी र अंग्रेजी फिल्म

काठमाडौँ- आज कात्तिकको पहिलो शनिबार। दसैँ बिदा सकिएलगत्तै उपत्यका फर्किनेहरुको लाइन छ। मनोरञ्जन क्षेत्रमा पनि दसैँ बिदाको सकारात्मक प्रभाव देखिएको छ। नाटकघरमा बिदा भएकोले नयाँ नाटक मञ्चन भएको छैन। हलमा भने दसैँमा प्रदर्शन भएका तीन फिल्मको उच्च सोसहितको व्यापार भइरहेको छ। त्यस्तै भक्तपुरमा साहित्यकार छन्द विज्ञान निरौलाको पुस्तक विमोचन पनि हुँदैछ।

फुर्सदमा हुनुहुन्छ भने हेरौँ हलमा चलिरहेको तीन नेपाली, एक हिन्दी र अंग्रेजी फिल्म

छन्द विज्ञान निरौलाको पुस्तक विमोचन
साहित्यकार छन्द विज्ञान निरौलाको “सगरमाथाको काखबाट इतिहास नियाल्दा” पुस्तक विमोचन हुँदैछ। कार्यक्रम भक्तपुरस्थित याचु पार्टी भेन्यु नयाँ ठिमीमा बिहान ११ बजे सुरू हुनेछ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा माधव कुमार नेपाल उपस्थित हुनेछ्न।

ज्वाइँ साब
गत असोज २४ देखि हलमा ‘ज्वाइँ साब’ प्रदर्शनरत छ। दसैँको अवसरमा रिलिज भएको फिल्म दोस्रो सातामा चलिरहेको छ। दर्शकको सकारात्मक प्रतिक्रियासहित फिल्मले उत्साहजनक व्यापार पनि गरिरहेको छ।

सामाजिक कथामा आधारित फिल्मका निर्देशक वसन्त निरौला हुन्। फिल्मको मुख्य भूमिकामा जितु नेपाल र नीति शाह छन्। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र सिटी स्क्वायर मलमा फिल्मको ८ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स फिल्म ज्वाइँ साब’ चलिरहेको अन्य हल हुन्।

१२ गाउँ
दसैँको फुलपाती अर्थात् असोज २४ देखि प्रदर्शन भइरहेको फिल्म ‘१२ गाउँ’ दोस्रो सातामा चलिरहेको छ। पहिलो सातामा फिल्मले देशैभरबाट १० करोड ५ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ। उपत्यकालगायत मोफेसलका हलमा उच्च सोसहित फिल्मले राम्रो व्यापार गरिरहेको छ।

१२ गाउँको कथामा आधारित फिल्मको मुख्य भूमिकामा समीर भट्ट छन्। यो उनको डेब्यु फिल्म हो। अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्ममा उनीसहित न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, सन्तोष सरकार, स्टन्ट शिल्भालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, छाया सेन्टर, सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्समा फिल्मको ३४ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘१२ गाउँ’ चलिरहेको छ।

छक्का पञ्जा ५
फुलपातीदेखि नै प्रदर्शन भइरहेको अर्को फिल्म हो ‘छक्कापञ्जा ५’। यो फिल्मले पनि एक सातामा १० करोड ५० लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।
सामाजिक कथामा आधारित कमेडी जनरामा बनेको फिल्मले दर्शकको मन जित्न सफल भएको छ। फिल्मका निर्देशक दीपाश्री निरौला हुन्। फिल्ममा दीपकराज गिरी र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, छाया सेन्टर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्समा फिल्मको ३२ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘छक्कापञ्जा ५’ चलिरहेको अन्य हल हुन्।

जिग्रा
बलिउड फिल्म ‘जिग्रा’ पनि असोज २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा आलिया भट्ट र वेदांग रैना छन्। फिल्मका निर्देशक वासन बाला हुन्। एक्सन जनरामा बनेको छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिटी स्क्वायर मलमा फिल्मको १० सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘जिग्रा’ को सो छ।

स्माइल २
हलिउड फिल्म ‘स्माइल २’ कात्तिक २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक पार्कर फिन हुन्। फिल्ममा काइल ग्यालर, नायोमी स्कट र रे निकोल्सन मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल, सिटी स्क्वायर मल र छाया सेन्टरमा फिल्मको ९ सो छ। बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्समा पनि फिल्म ‘स्माइल २’ चलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =