संसद् भवनको ल्होत्से हलमा विपक्षी दलको बैठक सुरु

हिमाल प्रेस २ कार्तिक २०८१ १०:१८ | Friday, October 18, 2024
संसद् भवनको ल्होत्से हलमा विपक्षी दलको बैठक सुरु

काठमाडौँ– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरू छलफलमा जुटेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरू छलफलमा जुटेका हुन्।

उनीहरूबीचको छलफल संसद् भवनको ल्होत्से हलमा भइरहेको छ। छलफलमा प्रतिपक्षी दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको एक नेताले जानकारी दिए।

प्रकाशित: २ कार्तिक २०८१ १०:१८ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast