नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६% ऊर्जा ऋणपत्र जारी गर्ने

हिमाल प्रेस १ कार्तिक २०८१ २०:१२
10
SHARES
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६% ऊर्जा ऋणपत्र जारी गर्ने

काठमाडौँ– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६% ऊर्जा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६% (२०८८/८९)”, कूल ५०,००,००० कित्ता ऋणपत्र निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने बताइएको छ ।

प्रकाशित: १ कार्तिक २०८१ २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =