रूसी आक्रमणमा १० सिरियालीको मृत्यु

हिमाल प्रेस १ कार्तिक २०८१ १७:५३
16
SHARES
रूसी आक्रमणमा १० सिरियालीको मृत्यु

लेबनान (रासस/एएफपी)– उत्तरपश्चिम सिरियामा रूसी आक्रमणमा १० जनाको मृत्यु भएको छ। साथै ३० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

इदलिबको ग्रामीण इलाकामा भएको रूसी हवाई आक्रमणमा इदलिबमा एक जना बच्चासहित १० जनाको मृत्यु भएको र १४ जना बालबालिकासहित ३० जना घाइते भएको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले जनाएको छ। रूसले इदलिब सहरको बाहिरी भागमा ‘एउटा आरा मिल, फर्निचर र ओलिभ प्रेसर’ मा प्रहार गरेको उक्त संस्थाले जनाएको छ।

सिरियाको नागरिक सुरक्षा बलले आफ्ना टोलीहरूले रूसी हमलामा मारिएका व्यक्तिहरूको शवलाई भग्नावशेषबाट निकालिरहेको जनाएको छ।

इदलिब प्रान्तको आधा र अन्य क्षेत्रहरूमा अल-कायदा समूहको नियन्त्रणमा छ। सन् २०२० मार्चमा सिरियाली सरकारको आक्रमणपछि रूस र टर्कीको मध्यस्थतामा यो क्षेत्रमा युद्धविरामको घोषणा गरिएको थियो।

प्रकाशित: १ कार्तिक २०८१ १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 16 =