शंकर पोखरेल भन्छन् : ललिता निवास र कीर्तिपुरको जग्गाको कुनै साइनो छैन

हिमाल प्रेस १ कार्तिक २०८१ १५:२५
14
SHARES
शंकर पोखरेल भन्छन् : ललिता निवास र कीर्तिपुरको जग्गाको कुनै साइनो छैन एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवसायीबाट पार्टी कार्यालयको भवन बनाउन जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन्।

बिहीबार बाँकेको कोहलपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मीनबहादुर गुरूङले १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताएका हुन्।

‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो,’ उनले भने, ‘हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।’ मीनहादुर गुरूङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको उनको दाबी छ।

महासचिव पोखरेलले गुरूङ जोडिएको ललितानिवास प्रकरणसँग एमालेले दानमा लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताए। एमालेलेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाइ छ।

प्रकाशित: १ कार्तिक २०८१ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =