धार्मिक स्थलहरूले समाजलाई एकताको सूत्रमा बाँधेकाे छ : राष्ट्रपति

हिमाल प्रेस १ कार्तिक २०८१ १४:४८
18
SHARES
धार्मिक स्थलहरूले समाजलाई एकताको सूत्रमा बाँधेकाे छ : राष्ट्रपति

बाजुरा– राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित् नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको बिहीबार उदघाटन गरेका छन्।

उद्घाटन समारोहमा उनले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको सुन्दै आएका बताए।

पौडेलले भने,‘मैले यस पूण्य भूमिमा उभिएर प्रार्थना गर्दछु – सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस्।’ राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस भएको बताए।

‘जब मैले बडीमालिमा उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम दृष्य देखेँ मलाई म स्वर्गमा आएको महशुस भएको छ, मैले जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस गरेको छु,’ राष्ट्रपति पौडेलले भने, ‘नाट्यश्वरी देवीको मन्दिर प्राङगणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु,।’

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांँस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामहरूले एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए।

यसअघि बिहीबार बिहान राष्ट्रपति पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका थिए। प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन आउने गर्दछन्। राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन बुधबार अपरान्ह सुर्खेत पुगेका थिए।

प्रकाशित: १ कार्तिक २०८१ १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =