एक तोला सुनको मूल्य १ लाख ६२ हजार ४ सय पुग्यो

हिमाल प्रेस १ कार्तिक २०८१ ११:१४
46
SHARES
एक तोला सुनको मूल्य १ लाख ६२ हजार ४ सय पुग्यो

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको छ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार तोलामा १ हजार ९ सय ५० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =