काठमाडौँ- बुध्द एयरको उडिरहेको जहाजमा समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको छ। बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको उडान नं १००, जहाज नाइन एन-एजेएस जहाजमा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको हो।
‘दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएकाे हुँदा जहाजलाई डाइभर्ट गरी काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएकाे छ’, बुध्द एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ। प्राविधिक टाेलीले जहाज परीक्षण गरिरहेको जनाइएको छ।
आज बिहान उडान नं 100, जहाज 9N-AJS मा दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएकाे हुँदा जहाजलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएकाे छ । हाम्रो प्राविधिक टाेलिले जहाजकाे चेकजाँच गरिरहेका छन् ।
— Buddha Air (@AirBuddha) October 17, 2024
प्रकाशित: १ कार्तिक २०८१ ८:५६
प्रतिक्रिया