राष्ट्रपति पौडेल सुर्खेतमा

हिमाल प्रेस ३० असोज २०८१ २०:४८
18
SHARES
राष्ट्रपति पौडेल सुर्खेतमा

सुर्खेत– बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन्।

बुधबार अपरान्ह यहाँ आइपुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति समेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकहरुसंग भेटघाट गरेका थिए। उनको बिहीबार बिहान बडीमालिकातर्फ जाने कार्यक्रम रहेको छ।

बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको राष्ट्रपति पौडेलको सचिवायले जनाएको छ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे समेत छन्। राष्ट्रपति पौडेलको बिहीबारकाठमाडौँ फर्किने कार्यक्रम रहेको छ।।

प्रकाशित: ३० असोज २०८१ २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =