चुनावी अभियानका लागि मस्कले ट्रम्पलाई दिए साढे सात करोड डलर

हिमाल प्रेस ३० असोज २०८१ १५:१६
6
SHARES
चुनावी अभियानका लागि मस्कले ट्रम्पलाई दिए साढे सात करोड डलर

काठमाडौँ- विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका लागि साढे सात करोड अमेरिकी डलर सहयोग गरेका छन्।

मस्कले चुनावी अभियानका लागि ट्रम्पलाई चन्दा दिएको विषय सरकारी जाँचबाट खुलेको हो।

मस्कले ट्रम्पको समर्थक अभियान समूह अमेरिका पीएसीलाई पछिल्लो तीन महिनामा करिब साढे सात करोड अमेरिकी डलर दिएका हुन्।

गत जुलाईमा ट्रम्पमाथि भएको आक्रमणपछि मस्कले औपचारिक रूपमै उनलाई समर्थन दिएका छन्। यसअघि पनि उनले ट्रम्पलाई अन्य मुद्दाहरूमा सहयोग गरेको देखिएको थियो।

हालसालै पेंसिल्वेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा मस्क सहभागी भएका थिए। यही स्थानमा ट्रम्पमाथि आक्रमण भएको थियो।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ। डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ट्रम्प उम्मेदवार छन्।

प्रकाशित: ३० असोज २०८१ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =