बाबरको ठाउँमा आएका कामरानले डेब्यु म्याचमै बनाए शतक

हिमाल प्रेस २९ असोज २०८१ २०:११
22
SHARES
बाबरको ठाउँमा आएका कामरानले डेब्यु म्याचमै बनाए शतक

काठमाडौँ- पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान बाबर आजमको स्थानमा आएका कामरान गुलामले डेब्यु टेस्ट म्याचमा शतकीय इनिङ खेलेका छन्।

खराब फर्मका कारण टिमबाट बाहिरिएका पूर्वकप्तान बाबरको स्थानमा आएका कामरानले इंग्ल्यान्डविरूद्धको दोस्रो टेस्टमा शतक बनाएका हुन्।

कमरानले ११ चौका र एक छक्काको मद्तले ११८ रन बनाए। डेब्यु टेस्टमा शतक बनाउने उनी पाकिस्तानका १३ औँ ब्याटर हुन्।

लगातार १८ इनिङ्समा प्रदर्शन गर्न नसकेपछि पूर्वकप्तान बाबरलाई टिममा समावेश गरिएको छैन। कामरानले पहिलो म्याचमै शतकीय इनिङ खेलेपछि बाबरको पुर्नागमनमा कठिनाई देखिएको छ।

सैम अयुब आउट भएपछि पाकिस्तानको विकेट निरन्तर खसिरहे पनि कामरानले मोर्चा सम्हालेका थिए। उनले शानदार ब्याटिङ गर्दै टिमलाई दुई सयको स्कोरसम्म पुर्‍याए।

दोस्रो टेस्टको पहिलो दिनको खेल सकिँदासम्म पाकिस्तानले ५ विकेट गुमाएर २५९ रन बनाएको छ। सैम अयुब ७७, शान महमुद ३ र साउद सकील ४ रन बनाएर आउट भएका छन्।

मोहम्मद रिजवान ३७ र सलमान आगा ५ रन बनाएर नटआउट छन्। यसअघि पहिलो टेस्टमा इंग्ल्यान्डले पाकिस्तानलाई एक इनिङ र ४७ रनको अन्तरले पराजित गरेको थियो।

प्रकाशित: २९ असोज २०८१ २०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =