इजरायली आक्रमणले लेबनानी मस्जिद ‘पूर्ण रूपमा’ ध्वस्त

हिमाल प्रेस २७ असोज २०८१ १४:०६
6
SHARES
इजरायली आक्रमणले लेबनानी मस्जिद ‘पूर्ण रूपमा’ ध्वस्त फाइल तस्बिर

काठमाडौँ – इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले जनाएको छ। पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ।

स्थानीय समय अनुसार आइतबार बिहान ३ : ४५ बजे इजरायली लडाकु विमानले कफर टिबनिट गाउँको केन्द्रमा रहेको उक्त मस्जिदलाई लक्षित गरी हवाई आक्रमण गरी पूर्ण रूपमा नष्ट गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।

कफर टिबनिटका मेयर फुआद यासिनले द्धिदेशिय सीमाबाट करिब आठ किलोमिटर टाढा रहेको उक्त गाउँका मानिसहरूले मस्जिदको विनाससँगै एकताको केन्द्र गुमाएको बताएका छन्। उनका अनुसार एक सय वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो जहाँ मानिसहरू विशेष अवसरहरूमा भेला भई पुजापाठ गर्ने गर्थे।

गाजा युद्धलाई लिएर इजरायल र हिज्बुल्लाहबीच सीमापार आक्रमणको एक वर्षको समय पूर्ण द्वन्द्वमा परिणत भयो।

लेबनानका अधिकारीहरूले इजरायलको निरन्तरको आक्रमणले लेबनानमा एक हजार २६० भन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै दश लाखभन्दा बढी मानिस विस्थापित भएको बताएका छन्।

प्रकाशित: २७ असोज २०८१ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =