काभा भलिबलको उपाधि गुमायो नेपालले

हिमाल प्रेस २६ असोज २०८१ २१:५२
12
SHARES
काभा भलिबलको उपाधि गुमायो नेपालले फाइल तस्बिर

काठमाडौँ- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।

कोलम्बोमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो। खेलको सुरुवाती पहिलो सेटमा २७-२५ को सानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुगेको थियो। खेलको दोस्रो सेट २५-१०, तेस्रो सेट २५-१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५-२० ले पराजित बन्यो।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउँदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो। त्यसैगरी नेपालले समूह चरणमा श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए। प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो।

प्रकाशित: २६ असोज २०८१ २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast