तस्बिरमा विजया दशमी

हिमाल प्रेस २६ असोज २०८१ २०:२४
24
SHARES
तस्बिरमा विजया दशमी राष्ट्रपति रामचन्द्र पौडेल शनिबार राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई विजया दशमीको टीका प्रदान गर्दै। तस्बिर : रासस

काठमाडौँ- नेपालीको महान् चाड विजया दशमी देशभर मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी शनिबार मनाइएको छ। दुर्गाभवानीको प्रसाद स्वरूप मान्यजनबाट टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गरिएको हो। राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीदेखि सर्वसाधारणसम्मले मान्यजनबाट टीका र प्रसाद ग्रहण गरेका छन्।

टीका लगाउँदा देवीको आशीर्वाद स्वरूप विजयशक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ। टीका लगाउनु धार्मिक रूपमा शुद्धता र पवित्रताको प्रतीक तथा यो परम्पराले नेपाली संस्कृति तथा परम्पराहरूलाई संरक्षण गर्दै अघि बढाउने र दसैँको टीकाले परिवारका सबै सदस्यहरूलाई एक ठाउँमा भेला गराउने भएकाले यसको महत्त्व छ।

दसैँको टीकाले धार्मिक, सांस्कृतिक, र पारिवारिक रूपमा गहिरो महत्व राख्दछ, जसले नेपाली समाजमा एकता, प्रेम र शान्तिको भावना प्रवर्द्धन गर्नेसमेत विश्वास लिइएको छ।

 

राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट राष्ट्रपति भवन शीतल निवासमा शनिबार विजया दशमीको टीका लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओली।

 

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार राष्ट्रपति भवन शीतल निवासमा टीकाको शुभसाइतमा प्रथम मिहला एवं आफ्नी धर्मपत्नीलाई विजया दशमीको टीकाप्रसाद लगाइदिँदै।
प्रधानमन्त्री ओली शनिबार आफ्नो बुवा मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण गर्दै।
पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार विजया दशमीको दिन निर्मलनिवासमा सर्वसाधारणलाई विजया दशमीको टीका प्रदान गर्ने क्रममा।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-९ ढाइटारमा सञ्चालित सेवाक नेपाल बालगृहका बालबालिका विजया दशमीको टीका तथा जमरा लगाएपछि सामूहिक तस्बिरमा।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा शनिबार विजया दशमीको दिन गुल्मी कारागारका कैदी बन्दीलाई विजया दशमीको टीका प्रदान गर्दै।

 

 राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट राष्ट्रपति भवन शीतल निवासमा शनिबार विजया दशमीको टीका लगाउन लामबद्ध सर्वसाधारण।

तस्बिरहरू : रासस

प्रकाशित: २६ असोज २०८१ २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast