पूर्वसांसद बेगम जनमत छोडेर जसपा नेपालमा प्रवेश

हिमाल प्रेस २६ असोज २०८१ १४:०१
12
SHARES
पूर्वसांसद बेगम जनमत छोडेर जसपा नेपालमा प्रवेश

काठमाडौँ- पूर्वसांसद एवं जनमत पार्टीका राजनीतिक समिति सदस्य पार्टी परित्याग गरेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

वीरगञ्जमा शनिबार भएको एक कार्यक्रमका बीच जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन्।

२०७४ सालको निर्वाचनमा जसपा नेपालबाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएकी उनी पछिल्लो समय जनमत पार्टीमा आवद्ध थिइन्।

बेगमका साथै जनता पार्टीका राजनीतिक समिति सदस्य शसी कपुर मियाँ तथा केन्द्रीय सदस्यहरू सब्बो खातुन, विजय यादव र सुधिरनाथ पाण्डे पनि जसपा नेपालमा प्रवेश गरेको अध्यक्ष यादवको सचिवालय जनाएको छ।

कार्यक्रममा जनमत पार्टीका प्रदेश समिति सदस्य शानि द्विवेदी, राजकुमार ठाकुर, जिल्ला सदस्य मजिद देवान, जितेन्द्र चौरसिया, जयकुमार मिश्रालगायतका नेताहरू पनि जसपा नेपालमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका राजनीतिक समिति सदस्य सुरेन्द्र कुर्मी, केन्द्रीय सदस्य फिरोज मन्सुरी, अशोक टेमानी, वीरेन्द्र यादवलगायतका नेताहरूको उपस्थिति थियो।

प्रकाशित: २६ असोज २०८१ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast