भारतमा रेल दुर्घटना, १९ जना घाइते

हिमाल प्रेस २६ असोज २०८१ १०:४५
16
SHARES
भारतमा रेल दुर्घटना, १९ जना घाइते

काठमाडौँ- दक्षिण भारतको चेन्नई नजिक रेल र मालगाडी ठोक्किँदा १९ जना घाइते भएका छन्। तमिलनाडुको तिरुवल्लुर स्टेशनमा शुक्रबार राति रेल र मालगाडी ठोक्किएको हो।

मैसुरबाट बिहारको दरभंगा आउँदै गरेको बागमती एक्सप्रेस रेलले स्टेशनमा रोकिएको मालागाडीलाई पछाडिबाट ठक्कर हानेको बताइएको छ।

दुर्घटनामा रेलका १३ वटा बोगी ट्र्याकबाट तल झरेको थियो। रेल दुर्घटनामा मानवीय क्षति नभए पनि १३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रेल र मालगाडी ठोक्किएपछि रेलको एउटा बोगीमा आगोसमेत लागेको थियो।

तमिलनाडुका मुख्यमन्त्री एम.के स्टालिननले रेल दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएका छन्।

दक्षिण रेलवेका महाप्रबन्धक आएरएन सिंहले रेल मुख्य लाइन छोडेर लुप लाइनमा गएपछि दुर्घटना भएको बताएका छन्।

उनले भनेका छन्,‘यो रेलको स्टेशनमा स्टप थिएन। चेन्नईबाट छुटेपछि यो रेलका लागि हरियो झन्डा दिइएको थियो। चालकले सिग्नललाई सही तरिकाले पालन पनि गरेको थियो। मुख्य लाइनबाट जानुपर्ने रेल लुप लाइनमा गएपछि दुर्घटना भएको हो।’

यात्रुहरूलाई वैकल्पिक रेलमार्फत गन्तव्यतर्फ पठाइएको छ भने दुर्घटनापछि केही रेललाई ‘डाइभर्ट’ समेत गरिएको छ।

प्रकाशित: २६ असोज २०८१ १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =