पाकिस्तान–इंग्ल्यान्ड टेस्ट : इंग्ल्यान्डको कीर्तिमानी जित, पाकिस्तान इनिङ्सले पराजित

हिमाल प्रेस २५ असोज २०८१ १३:११
20
SHARES
पाकिस्तान–इंग्ल्यान्ड टेस्ट : इंग्ल्यान्डको कीर्तिमानी जित, पाकिस्तान इनिङ्सले पराजित

काठमाडौँ- इंग्ल्यान्डविरूद्धको टेस्ट क्रिकेटमा पाकिस्तान इनिङ्स र ४७ रनले पराजित भएको छ।

घरेलु मैदान मुल्तानमा भएको पहिलो टेस्टमा पाकिस्तान इंग्ल्यान्डसँग पराजित भएको हो।

टेस्ट क्रिकेटको इतिहासमा पहिलो इनिङमा पाँच सयबढी रन बनाएर कुनै टिम पराजित भएको यो पहिलोपटक हो।

योसँगै पाकिस्तानले आफ्नो घरेलु मैदानमा लगतार तेस्रो टेस्ट म्याचमा हार बेहोर्नु परेको छ। यसअघि बंगलादेशले दुई टेस्ट म्याच जितेर पाकिस्तानविरूद्ध ‘क्लिन स्वीप’ गरेको थियो।

इंग्ल्यान्डविरूद्धको टेस्टमा पहिले ब्याटिङ गरेको पाकिस्तानले अब्दुल्लाह सफिक र सान मसुदको शतकीय इनिङको मद्तले ५५६ रनको विशाल स्कोर खडा गरेको थियो।

सफिकले १०२ र महमुदले १५१ रन बनाएका थिए।

जवाफमा ब्याटिङका लागि उत्रिएको इंग्ल्यान्डले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ८२३ रन बनायो। इंग्ल्यान्डका लागि हेरी ब्रुकले ३१७ र जोय रूटले २६२ रन बनाए।

तेस्रो इनिङमा पाकिस्तानका ब्याटरहरू पूर्ण रूपले असफल रहे। तल्लो क्रमका ब्याटर आगा सलमानले ६३ र आमेर जामेलले ५५ बाहेक अरू कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

इंग्ल्यान्डले लिएको २६७ रनको अग्रता पछ्याउने क्रममा पाकिस्तानको पूरा टिम २२० रनमा आउट भयो। र, इंग्ल्यान्डले पहिलो टेस्ट इन्डिङ र ४७ रनले जित्यो।

यो श्रृंखलाको दोस्रो टेस्ट १५ अक्टुबरमा मुल्तान र तेस्रो म्याच २४ अक्टुबरमा रावलपिन्डीमा खेलिने छ।

प्रकाशित: २५ असोज २०८१ १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =