सुनसरीमा नक्कली नोटसहित एक महिला पक्राउ

हिमाल प्रेस २३ असोज २०८१ १८:०५
16
SHARES
सुनसरीमा नक्कली नोटसहित एक महिला पक्राउ

इटहरी– सुनसरीको हरिनगर गाउँपालिका ७ बाट नक्कली नोटसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले स्थानीय ३१ वर्षीया हजरुल खातुनलाई पक्राउ गरेको हो।

उनको घर खानतलासी गर्दा ओछ्यान मुनी लुकाईछिपाई राखेको अवस्थामा नेपाली रुपैयाँको नक्कली नोट एक हजार दरको ५० थान र निषेधित औषधी नाईट्रोसन १०० चक्कीसमेत बरामद गरेको हो।

नक्कली नोट र निषेधित औषधीसहित पक्राउ परेकी खातुनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ असोज २०८१ १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =