ध्वनी प्रदूषणको असर आमउपभोक्तामा

हिमाल प्रेस २३ असोज २०८१ १७:०९
12
SHARES
ध्वनी प्रदूषणको असर आमउपभोक्तामा

पोखरा – गण्डकी प्रदेशसभा अर्थ तथा विकास समिति निर्देशन कार्यान्वयन अनुगमन उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठकमा गण्डकी प्रदेश बजार अनुगमन नियमावली २०७६ को नियम ३ बमोजिम गठन भएको प्रदेश बजार अनुगमन समितिबाट उपभोक्ताको हकहितको सहित भए गरेका काम कारबाही सम्बन्धमा छलफल भयो।

उपसमिति संयोजक सांसद गणेशमान गुरुङले बैठकको अध्यक्षता गर्दै अव्यवस्थित रुपमा सञ्चालन भएका डिस्को, नाचघर, दोहोरीघर, पार्टी प्यालेस जस्ता व्यवसायले मापदण्ड पालना नगर्दा नजिकका होटल, रेष्टुरेन्टहरु विस्थापित हुने अवस्था आएको बताए।

जसका कारण नजिकका छिमेकमा रहेका ज्येष्ठ नागरिक, बालबालिका र विद्यार्थीमा समेत निकै असर परेकाले व्यवसायीले नागरिकको हितमा राखेर व्यवसाय गर्न आग्रह गरे। उनले उपभोक्ताको हकहितलाई मध्यनजर नराखी व्यवसाय गर्ने व्यवसायीलाई नियामक निकायले मापदण्डमा ल्याउनुपर्नेमा जोड दिए।

अर्का सासंद प्रकाश बरालले जिम्मेवारीवोध हुने गरी व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न आग्रह गरे। उनले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको अवस्थामा प्रहरीले सवारीसाधन चलाउने चालकलाई एम्बुसमा पारेर नभई नियमसंगत सवारी जाँचको व्यवस्था मिलाउन सुझाव दिए।

अर्का सांसद सीता सुन्दासले बजार क्षेत्रको अनुगमन गर्दा हरेक ठाउँमा विकृति देखिएको बताउँदै अनुगमनलाई पनि क्षेत्रगत र विषयगत गरिनुपर्ने बताइन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले सचेत उपभोक्ता पनि व्यवसायीबाट ठगिने गरेको भन्दै बजारको उदाहरण प्रस्तुत गरिन्।

समिति सदस्य सदस्य एवं उपभोक्ता मञ्च गण्डकी उपाध्यक्ष रमेश पौडेलले वस्तु र सेवामामात्र नभई पोखरामा सञ्चालन हुने सवारी साधनबाट निस्कने कालो धूवाले वायूमण्डल प्रदुषित गर्नुका साथै आमउपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने देखिएकाले त्यस्ता सवारी साधनलाई नियमन गर्न आग्रह गरे।

अर्का सदस्य अधिवक्ता गीता आचार्यले तरकारी फलफूलमात्र नभई जिन्सी सामानमा व्यवसायीको आफुखुशी मूल्य रहेको हुँदा यसको नियन्त्रण गर्न आग्रह गरिन्।

व्यवसायी लक्ष्मी त्रिपाठीले मिनरल वाटरको १ लिटरको न्यूनतम मूल्य २० रुयैयाँ कायम गरिइए पनि कार्यान्वयन हुन नसकेको बताए। मन्त्रालयका सचिव एवं प्रदेश बजार अनुगमन समितिका संयोजक कुमानसिंह गुरुङले विभिन्न क्षेत्रमा अनुगमन भइरहेको जानकारी दिँदै आगामी दिनमा गरिने प्रदेशको कार्ययोजनासहितको तालिका प्रस्तुत गरे।

पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका निर्देशक ईश्वरीप्रसाद रेग्मीले बजार अनुगमनको प्रभावकारीता र उपभोक्ता सचेतनाका बारेमा धारणा राखे।

प्रकाशित: २३ असोज २०८१ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast