आजको राशिफल

हिमाल प्रेस २३ असोज २०८१ ६:२९
8
SHARES
आजको राशिफल

मेष : काममा परिवारको सहयोग प्राप्त हुनेछ। सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ।

वृष : आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग छ। अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ। काममा सजिलै सफलता मिल्नेछ।

मिथुन : आफन्तको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

कर्कट : स्वास्थ्यमा सुधार आउनेछ। भेटघाटमा समय बित्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। रोकिएका काम बन्नेछन्।

सिंह : श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने समय छ।

कन्या : सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

तुला : समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

वृश्चिक : साथीभाईको सहयोगले महत्त्वपूर्ण कामहरु सफल हुनेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ। हिम्मतले काम लिन सकिनेछ।

धनु : पढाइलेखाइमा प्रगति हुनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेत प्राप्त हुनेछन्।

मकर : काममा विभिन्न अवसर पाइनेछ। समयमा सही निर्णय लिन सक्ने क्षमताले अगाडि बढ्न मद्दत पुग्नेछ। अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

कुम्भ : रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

मीन : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ। परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ।

प्रकाशित: २३ असोज २०८१ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =